चैत्र १३, झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीया छात्रामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् । विद्यालयमा पढाउने शिक्षक श्रीप्रसाद शिवाकोटीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन् ।प्रहरीले शिवाकोटीलाई पक्राउ गरेर झापा जिल्ला प्रहरी कार्यालयमा रोखेको बताइएको छ ।
अंग्रेजी र सामाजिक अध्यापन गराउने ति शिक्षकले छात्रामाथि शारीरिक र मानसिक यातना समेत दिएका छन् । उनले छात्रालाई एकान्त स्थानमा बोलाएर गोप्य अंगमा छुने प्रयास गरेका थिए । छात्राले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो । स्थानीय अभिभावक, जनप्रतिनिधिहरुले शिक्षकमाथि कडा कारावाहीको माग गरेका छन् ।