• २०८३ बैशाख १० गते बिहिवार

नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं.७ प्रदेश क को अन्तरक्रिया सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश क को अन्तरक्रिया सम्पन्न भएको छ । बैशाख ३० मा हुने चुनावको तयारी स्वरुप अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

No description available.

प्रदेश क मा रहेका काठमाडौं महानगरपालिका वडा नं. १६,१७,१८,२५ वडा रहेको प्रदेश क मा एमालेलाई कसरी जिताउने, अबको रणनिती के हुन सक्छ भन्ने विषयमा छलफल केन्द्रित भएको हो । वडामा रहेको समस्या, चुनौती र अवसरका विषयमा बैठक केन्द्रित रहेको थियो ।

No description available.

कार्यक्रममा बाग्मती प्रदेश सभा सचिवालय सदस्य श्याम घिमिरे, प्रदेश सदस्य सिताराम रेग्मी, जिल्ला कमिटी सचिवालय सदस्य विश्वराम सापकोटा, जिल्ला कमिटि सदस्य पुर्णिमा श्रेष्ठ, गिता थिङ, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, काठमाडौं महानगर कमिटी सदस्यहरु, जनप्रतिनिधीहरु, वडा कमिटीका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजिकरण नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेख क का संयोजक गोकुल वस्तीले गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस