• २०८३ बैशाख ११ गते शुक्रवार

गौशालामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । काठमाण्डौको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुल्न सकेको छैन ।

चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस