• २०८३ बैशाख २७ गते आइतवार

करेन्ट लागेर युवाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३,बागलुङ।विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बागलुङको गलकोटमा एक युवकको मृत्यु भएको छ ।बिजुलीको पोलमा काम गरिरहेका बेला गलकोट नगरपालिका ६ ठूलाथरमा २७ वर्षीय डम्बर थापाको मृत्यु भएको हो ।

ताराखोला गाउँपालिका-४ घर भई गलकोट नगरपालिका-५ बस्ने थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुनबम मल्लले बताए । केही समयदेखि यहाँ हरिचौर सबस्टेसनको लाइन मर्मत गर्ने क्रम चलिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस