माघ १३, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए। बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन् ।