• २०८३ बैशाख २ गते बुधवार

३५ तोला सुनसहित नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, बुटवल । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ । ठगबहादुर निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको बलमा मा रहदै आएका थिए ।

व्यापारीसँग सुन र पैसा लिएको विषयमा उजुरी परेको थियो । सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिएको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस