वैशाख १३, काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर पदमा १९ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेबाट रामेश्वर बोहोरा, कांग्रेसबाट कृष्णहरी मर्हजन, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीबाट लब कुमार बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट बसन्त कुमार बस्नेत, जसपाबाट बाबुराम लामा लगायत १९ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयाेगका अनुसार नगर प्रमुखमा १९ जना, उपमेयरमा ६, वडा अध्यक्षामा ६६ जनाले उम्मेदवारी दिएका छन ।
हेर्नुहोस बिभिन्न दलबाट उम्मेदवारहरुको नामावली










