फागुन १४, काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच छलफल चलिरहेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुनस् एक पटक छलफलमा जुटेका हुन ।