• २०८३ जेष्ठ ६ गते बुधवार

विप्लवले लियो वडा कार्यालय तोडफोडको जिम्मा

पढ्न लाग्ने समय : २ मिनेट
  • रेशम बहादुर खड्का, जाजरकोट

जेठ ३०, जाजरकोट। जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

सोमबार राति गरेको वडा कार्यालयका फर्निचर तथा प्राविधिक सामाग्री तोडफोडको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको विप्लब नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले जिम्मा लिएका हुन्।वलीले पार्टीको निर्देशनमा स्थानीय जनताले जलाएको भन्दै आफनो पार्टीले जिम्मा लिएको बताए । सोमबार राति विप्लवको पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर तोडफोड गरेको स्वकार गरेका छन । कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका वलीको भनाई रहेको छ । इन्चार्ज वलीका अनुसार भष्ट, दलाल, नैतिक पतन भएका र विकास निर्माणमा कमिशन माग्ने जनप्रतिनिधि भएका ठाउँमा पहिलो अभ्यास सुरु भएको छ । यसरी नै स्थानीय जनतालाई प्रतिरोधमा उत्रार्ने र पार्टीले जिम्मेवारी लिने प्रक्रिया जारी छ’, नेकपाका जिल्ला इन्चार्ज धमिलले भने।

उता वडा नम्बर १० का वडाध्यक्ष भद्रबहादुर ध्यार पनि नैतिक पतन, भष्ट र कमिशनखोर भएकाले पहिलो चरणको कारबाही स्वरुप सामग्री तोडफोड गरेको वलीको भनाई छ । आधार इलाकामा दलाल सरकारका प्रतिनिधीलाई अनुमति विना काम गर्न दिइन्न’, उनले भने। हाल पार्टीले जिल्लामा कुनै नागरिकलाई चन्दाको लागी धम्की दिने देखि चन्दा असुल्ने काममा संगलग्न कुनै कार्यकर्ता नरहएको बताए । कार्यालय सोमबार राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी स्याम बहादुर खत्रीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस