माघ १२, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आरटी पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।