मंसिर ९, काठमाडौं । फिफा विश्वकप फुटबलमा अल थुमामा स्टेडियममाआयोजक कतार र सेनेगलबीच जारी खेलको पहिलो हाफ सकिदा सेनेगलले १-० गोलको अग्रता बनाएको छ । खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका हुन् ।
आज दुबै टोली पहिलो जित निकाल्ने योजनामा रहेका छन् । सेनेगललाई पहिलो खेलमा नेदरल्यान्ड्सले २-० ले नै हराएको थियो। पहिलो खेलमा कतारलाई इक्वेडरले २-० ले हराएको थियो ।