• २०८३ जेष्ठ १६ गते शनिवार

मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, पाल्पा । मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकी गाउँपालिका स्याङ्जाले हात पारेको छ । अन्तरपालिकास्तरीय पुरुष भलिबल खेलमा विजेता कालीगण्डकीले नगद रु ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा निस्दी गाउँपालिका पाल्पाले उपविजेतामा चित्त बुझायो । खेलमा कालीगण्डकी गाउँपालिकाले निस्दी गाउँपालिकालाई २१–२५,२५–२३,२५–१९ र २५–११ को अन्तरले हात पारेको हो ।

त्यसैगरी चापाकोट नगरपालिका स्याङ्जाले रम्भा गाउँपालिका पाल्पालाई हराउँदै तेस्रो स्थान भएको छ भने रम्भा गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । पुरस्कृत समूह द्वितीय हुनेले रु ५० हजार, तृतीय हुनेले रु २५ हजार र सान्त्वना समूहले रु १० हजार नगद र कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला–१, सिलुवा पाल्पाको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा खेल भएको हो ।

कालीगण्डकीका हरि पाण्डे उत्कृष्ट खेलाडी, निस्दीका विजय परियार उत्कृष्ट स्पाइकर र निस्दीकै हिमाल सुनारीले उत्कृष्ट ब्लकरको उपाधि हात पार्नुभएको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले बताउनुभयो । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको समूहले सहभागिता जनाएको प्रतियोगितामा १२ पालिकाको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस