जेठ ११, रौतहट। रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले झिनो मतले विजयी भएको खबर बाहिर आएलगतै बिबाद सुरु भएको छ ।एमाले झिनो मतले विजयी भएपछि मतगणनामा धाँधली भएको भन्दै नेकपा एसले विरोध गरेको छ ।

मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरीरहेका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएको आधिकारीक घोषणा गर्न एसका कार्यकर्ताले अबरोध पुर्याएका छन् । गठबन्धनको अगुवाई गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई जयसवालले ३७ मत अन्तरले पराजित गरेका हुन् ।
जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तिब्र प्रतिस्पर्धा रहेको थियो ।
https://khabar24nepal.com/2022/05/25/124556