• २०८३ बैशाख ६ गते आइतवार

प्रचण्ड बालुवाटारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

अमेरिकी सहायता परियोजना एमसीसी पनि पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने मध्यमार्गी उपाय खोज्न माओवादी र एकीकृत समाजवादी कसरतमा लागेका बेला माधवसँग छलफल गरेर प्रचण्डले प्रधानमन्त्रीसँग वार्ता थालेका छन् । प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस