• २०८३ बैशाख १० गते बिहिवार

बसको ठक्करबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, चारनाथ पुलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीचौकी पोर्ताहाका अनुसार गएराति ना७ख ७४ ४३ नम्बरको बसले ठक्कर दिदा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय राजेन्द्रप्रसाद जैसवालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।बससहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस