• २०८३ बैशाख १४ गते सोमवार

पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्।

पहिलो हाफमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि दक्षिण कोरिया गोल गर्न असफल भयो । यस्तै खेलको ४४ औं मिनेटमा उरुग्वेका डिएगो गोडिनको हेडर पोस्टमा लाग्दै फर्किएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस