मंसिर ८, काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई २ हजार ८२ मतान्तरले पराजित गरेका छन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलले २५ हजार ४७ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।