मंसिर ८, काठमाडौं । ‘एक्सेस टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेड स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छ ।
१. रक्तदान कार्यक्रम- रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले विगत वर्षहरुमा समेत महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ । यस विकास बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ ।
२. क्रेडिट कार्डको शुभारम्भ – यस विकास बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ ।