असोज ८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताउनुभएको छ । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै अध्यक्ष थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ । किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँछु ।’