• २०८३ जेष्ठ १७ गते आइतवार

भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, भक्तपुर ।  प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस