• २०८३ बैशाख ६ गते आइतवार

बार्सिलोनाले रियल मड्रिड र सिटीले बायर्नलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । प्रि-सिजनको ‘एल क्लासिक’ भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १–० अन्तरले हराएको छ । रोबर्ट लेवान्डोवस्कीलले डेब्यु गरेको खेलमा बार्सिलोनालाई जिताउन २७औं मिनेटमा राफिन्हाले गरेको गोल निर्णायक बन्यो ।

लेवान्डोवस्की बायर्न म्युनिख र राफिन्हा लिड्स युनाईटेडबाट यसै सिजन क्याम्प नोउ भित्रिएका थिए । यस्तै, प्रि-सिजन टुरमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १–० अन्तरले पराजित गरेको छ ।

सिटीलाई जित दिलाउन १२औं मिनेटमा डेब्यु खेलाडी एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस