• २०८३ बैशाख ११ गते शुक्रवार

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवककाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवककाे मृत्यु भएकाे छ । जिल्लाको शतिगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएकाे हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका- ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस