• २०८३ जेष्ठ ३ गते आइतवार

मूल्यवृद्धि विरुद्ध हेटौंडामा र्‍याली, सडकमा आगो बालेर चिया पकाउँदै प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, हेटौंडा। नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्‍याउँदै र ग्यासको सिलिन्डर बोकेर एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतले प्रदर्शन गरेका हुन ।

त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार लगायतका नाराहरु लगाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस