• २०८३ बैशाख १४ गते सोमवार

भक्तपुरमा भयो सता गठबन्धननबीच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, भक्तपुर। भक्तपुरमा सत्तागठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबन्डामा सहमति भएको छ । आइतबार भएको सहमति अनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् । साथै तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एसलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो ।

मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ । भक्तपुर र सूर्यविनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो ।

जिल्लाका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाबाहेकका अन्य तीन वटा नगपालिकाहरुमा मात्र गठबन्धनबीच सहमति भएको हो ।।

Sharing

प्रतिक्रिया दिनुहोस