• २०८३ बैशाख २५ गते शुक्रवार

मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, काठमाडौं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे ।सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस