• २०८३ बैशाख ४ गते शुक्रवार

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ मा बिहीबार मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक गुल्मीको धुर्कोट गाउँपालिका घर भइ हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने २३ वर्षीय मनोज थापा छन् ।

लु ३८ प ४१४४ नम्बरको स्कुटर र लु ७० प ६०१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना १ क ४१४६ नम्बरको क्याम्पस बसमा स्कुटर ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन सहित मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस