जेष्ठ ३०, काठमाडौँ । शनिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
