• २०८३ बैशाख ४ गते शुक्रवार

१ सय ७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, एजेन्सी ।विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो ।

यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ ।डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ ।

यसैबीच, सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ। यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । २० लाख जनसङ्ख्या रहेको यो जिल्लाका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जिल्ला बाहिर निस्कन रोक लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस