• २०८३ जेष्ठ १८ गते सोमवार

थप ४१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १२५० जनाको नमुना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ५९ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९६ जना सक्रिय कोरोना संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस