चैत १९, काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य कन्थमणी प्रसाद जयसवाल एमालेमा प्रवेश गर्नुभएको छ ।गरुडाबासी जनताका लोकप्रिय नेता, लोसपाको केन्द्रीय सदस्य तथा रौतहट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयसवाल नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

उहाँलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा तथा अविर लगाएर स्वागत गर्नुभयो । प्रवेशका क्रममा अध्यक्ष ओलीले जयसवालको राजनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नवप्रवेशी जयसवालले आगामी दिनमा एमालेले लिएको विकास र समृद्धिको साथमा एमालेको नीतिलाई अक्षरस पालना गर्दै पार्टीले दिएको जिम्मेवारीलाई जस्तोसुकै अवस्थामा सफल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।