असोज ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवापंतिलार्ई निर्देशन दिनुभएकाे छ । आज राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलामा बोल्दै ओलीले पार्टीका युवाहरूले बाहिरबाट भइरहेको आक्रमणको सशक्त प्रतिवाद नगरेको भन्दै भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन निर्देशन दिनुभएकाे हाे ।

आफूले विगतमा पार्टीका युवालाई अरिंगल भएर जाइलाग्न दिएको निर्देशन पनि उहाँले सम्झदैं ‘मैले त्यसो भन्दा मान्छेहरूलाई के के न भयो । अहिले पनि भन्छु, अरिंगल लगाउने नै हो । हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउनुहुन्छ, झुसे बारुला भएर खनिनुहुन्छ भने हामी अरिंगाल बन्न नहुने ? हाम्रा विरुद्ध फैलाउने झूट, भ्रम र गलत प्रचारलाई अरिंगल बनेरै ध्वस्त पार्नुपर्छ । फेरि ६ महिना कराउन् यिनीहरू । एमालेको युवा पंति अरिंगाल हो । कराइराखुन्,’ ओलीले भननुभयाे ।
उहाँले अधिनायकवादका विरुद्ध लड्नका लागि आफूसँग युवा जोश रहेको बताउदैं विगतमा आफूले जुंगा कालो हुन थालेको कुरा गर्दा मानिसहरू डराएको पनि टिप्पणी गरे । उहाँले ‘मेरो जुंगा कालो कालो हुन थाल्या छ भन्दा यति डराए कि दुई चार महिना जुंगाको पछाडि कुदे । मैले कालो त दल्या थिएन । अहिले पनि म भन्छु लोकतन्त्रको रक्षाका लागि लड्नुपर्यो भने मेरो उमेर ५० वर्ष अगाडि फर्किन्छ । ५० वर्षअगाडिको बैंश निकालेर अधिनायकवादका विरुद्ध लड्न तयार छु । जस्तासुकै परिस्थितिको सामना गर्न तयार छु । यो देशको लागि बलिदान हुन अहिले पनि तयार छु ।’ भन्नुभयाे ।