• २०८३ बैशाख २८ गते सोमवार

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएको मकवानपुर हेटौडाका २८ वर्षिय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

लोड बोकेको ट्रयाक्टर बुधवार दिउँसो सडकबाट ३ सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटना हुने बितिकै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरि अस्पताल पठाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस