चैत ९, बझाङ। बझाङमा बहिनीको बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार हाडनाताभित्रको बहिनी पर्ने १२ वर्षीया बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन ।
उनले ५०० रुपैयाँ दिने र मोबाइलमा फिल्म देखाउने भन्दै गोठमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीका अनुसार बहिनीलाई जबरजस्ती करणी गरेर दाजु फरार भएका थिए । प्रहरीले खोज्दै जाँदा गाउँमै लुकीछिपी बस्दै आएको अवस्थामा फेलापारेको थियो ।
आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भई जिल्ला अदालत बझाङले अनुसन्धानका लागि आठ दिनको म्याद थप गरेको छ ।