• २०८३ बैशाख ८ गते मङ्गलवार

एमाले बैठकस्थलमा कुटाकुट गर्ने पत्रकारबीच मिलापत्र, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । कार्की बैङ्कटमा रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न कार्की बैङ्कट पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको थियो ।

No description available.

सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको हो ।

दुवै पक्षलाई बोलाएर गरिएको छलफलपछि उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस