• २०८३ जेष्ठ ४ गते सोमवार

अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू : परराष्ट्र मन्त्रालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११,काठमाडौं। परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।

रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रग गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस