• २०८३ बैशाख ११ गते शुक्रवार

प्रेमीसँग मिलेर श्रीमान्को हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, झापा । झापाको दमक–५ का दिनेश सिग्देलका ‘हत्यारा’ पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सुनसरीको धरान–४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४, धरान–भेडेटार सडकखण्डको जंगलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्ध रूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए ।

गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो । सिग्देलकी जेठी श्रीमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो । दुवैजनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस