• २०८३ मङ्सिर ४ गते बिहिवार

नर्स नक्कली भएको फेला, कारबाही प्रकृया सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ९, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको छ। काउन्सिलको लाइसेन्स पुनस् दर्ताका लागि निवेदन दिएकी सप्तरीकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा काउन्सिलले उनले अर्कैको नाममा रहेको दर्ता नम्बर लिएको पत्ता लगाएको हो।

चौधरीले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाइ दुरुपयोग गरेको फेला परेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ। चौधरीले ६ जुलाई २०१४ मा परिषद्‍बाट जारी भएको भनी पुनः नाम दर्ताका लागि पेस गरिएको प्रमाणपत्र परिषद्को रेकर्डमा नदेखिएको पाइएको हो।

साथै चौधरीले पेस गरेको प्रमाणपत्र र सो प्रमाणपत्रमा गरिएको दस्तखतसमेत फरक पाइएको हो। चौधरी परिषद्‍मा दर्तावाला नर्स नभएकोले सम्बन्धित पक्ष तथा सर्वसाधारण सबैका लागि परिषद्ले जानकारी गराएको छ। काउन्सिलको पुस २८ मा बसेको बैठकले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ।

काउन्सिलले माघ ९ गते जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७८ माघ ९ मधेश प्रदेश सप्तरी जिल्ला, गम्हरिया प्रवाहा वडा नं ९ हाल परिवर्तित शम्भुनाथ नगरपालिका वडा नं ६ बस्ने रञ्जुकुमारी चौधरीले मिति २०७८ मंसिर १६ मा पुनः नाम दर्ताका लागि पेस गरेको प्रमाणपत्र नं २६४६८ को प्रमाणपत्र यस परिषद्को रेकर्डमा हेर्दा १० मार्च २०१४ मानै अन्य दर्तावाला नर्सको नाममा परिषद्‍बाट जारी गरिसकेको देखिन्छ।’

Sharing

प्रतिक्रिया दिनुहोस