• २०८३ मङ्सिर १ गते सोमवार

सुर्नया नदीमा युवकको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,बैतडी।जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।


स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा गएको छ ।
शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस