• २०८३ असार १७ गते बुधवार

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, भारत। भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ ।गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो ।यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस