कात्तिक ५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो ।

यस अवधिमा ४८ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७१६ जना सक्रिय कोरोना संक्रमित छन् ।