• २०८३ जेष्ठ २९ गते शुक्रवार

दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिर स्थापना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । संयुक्त रअरब इमिरेट्सको दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिरको स्थापना गरिएको छ । दुबईको जेबेल अली क्षेत्रमा हिन्दू धर्मावलम्बीको मन्दिर स्थापना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त मन्दिरमा १६ देवीदेवताको प्रतिमासहित विभिन्न कार्यक्रम एवम् समारोह आयोजना गर्नका लागि सामुदायिक केन्द्रको पनि स्थापना गरिएको छ ।

दुबईका सहिष्णुमन्त्री शेख नहयान बिन मुबारक अल नहयानले केही दिनअघिमात्रै उक्त मन्दिरको उद्घाटन गरेको जनाइएको छ । उक्त मन्दिरको कोषका अध्यक्ष राजु श्रोफले दुबईका हिन्दूहरुलाई घरकै आभाष होस् भन्ने उद्देश्यले मन्दिरको निर्माण गरिएको हो ।

उक्त मन्दिरलाई पूजाआजाको स्थलसँगै सामुदायिक एवम् साँस्कृतिक पहुँच कार्यक्रमको आधारशीलाको रुपमा पनि हेरिएको उक्त मन्दिरको व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रोफलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस