• २०८३ जेष्ठ १० गते आइतवार

नेपालमा थपिए ६५८ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४५६ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार हाल ४,१३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस