• २०८३ जेष्ठ १६ गते शनिवार

सुनको मूल्य २०० रुपैयाँ घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं ।  सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस