असोज ९, काठमाडौं । जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार नायोगामा भएको खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्ता १०२ रनमा समेटिएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले १७.२ ओभरमा १०३ रन बनाउँदै पहिलो जित दर्ता गरेको हो । नेपाललाई जित दिलाउन सन्दीप जोरा, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका खेले ।
बलिङतर्फ कुशल भुर्तेल र ललित राजवंशी चम्किएपछि १२ वर्षपछि नेपालसँगको भेटमा अफगानिस्तान पराजित बन्न पुग्यो ।