• २०८३ जेष्ठ १ गते शुक्रवार

गैरआवासीय नेपाली संघको १० र ११ गते एकता महाधिवेशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं। गैरआवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौँमा एकता महाधिवेशन हुने भएको छ । अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएनए विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए । यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस