• २०८३ जेष्ठ २४ गते आइतवार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार विमर्श भइरहेको बताइएको छ ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सक्रियताका साथ लाग्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस