फागुन १०, कैलाली । प्रहरीले कैलालीका फरक फरक ठाउँबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा, कैलाली लम्की–चुहा नगरपालिका वडा नं. ८ गप्का बस्ने बर्ष ३९ को गोपी ओखेडा र कैलाली लम्की–चुहा नगरपालिका वडा नं. ०१ लम्की बस्ने बर्ष २३ को राजु चौधरी लागुऔषधसहित पक्राउ परेका छन ।
गोपी ओखेडालाई उनकै घर पसलबाट ३ ग्राम ३६० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । लागुऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद पचास हजार पाँच सय तिस मोबाइल थान– ५, घडी थान–५, कैची थान–१, तौल गर्ने डिटल काटा थान–१ बरामद गरेको छ ।
यस्तै राजु चौधरी आफ्नै घरको कोठामा बसी सेवन गरिरहेको अवस्थामा ३०० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित पक्राउ परेका छन । प्रहरीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।