• २०८३ असार १ गते सोमवार

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध भएका छन् । बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका थिए । लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद छन् । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन ।

Sharing

प्रतिक्रिया दिनुहोस