• २०८३ बैशाख ९ गते बुधवार

कांग्रेस संसदीय दलको चुनाव : सांसदहरूले मतपत्रको तस्बिर खिचेपछि…

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौं । केहिबेर अघि सम्पन्न नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा केही सांसदहरूले नियम विपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन्।

दलको नेताका उमेदवार गगन थापाले पत्रकारहरुसँग कुरा गर्दै मोबाइल लगेको भेटिएको बताए । ‘मतदानका क्रममा आफ्नै आँखा अगाडि १०-११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, गगनले भने ।

सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला भनेर हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय नबनाइ मोबाल बोक्न दिएको गगनको भनाई छ। उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती पनि दिएका छन् ।

कांग्रेसको दलको नेता चयनका लागि मोबाइल लैजाने कि नलैजाने भन्ने विषयमा विवाद भएको थियो ।विवादपछि मोबाइल नलैजाने सहमति बनेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस