• २०८३ असार १६ गते मङ्गलवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू(भागमा आंशिक बदलीको आकलन गरिएको छ ।

तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस